इटहरी गोल्डकप:आर्मी सेमिफाइनल

धरान, ९ माघ गते

त्रिभुवन आर्मी क्लब सुनसरीमा जारी इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा आर्मीले भुटानी क्लब डुक युनाइटेडमाथि ५–० को एकपक्षीय नतिजा निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्‍यो ।

पदमका २ गोल
आर्मीलाई सजिलै सेमिफाइनल पुर्‍याउने क्रममा आर्मीका पदम तामाङले २ गोल गरे । २०औँ मिनेटमा पहिलो गोल गर्दै आर्मीलाई अग्रता दिलाएका पदमले दोस्रो गोल पहिलो हाफको ४१औँ मिनेटमा सम्भव बनाएका थिए । टंक बस्नेतको क्रसको सदुपयोग गर्दै पदमले आर्मीलाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए । पदम प्रतियोगिताको म्यान अफ द म्याच घोषित भए ।

दोस्रो हाफमा ३ गोल
पहिलो हाफबाटै खेलमा हाबी भएको आर्मी दोस्रो हाफमा थप ३ गोल गर्न सफल भएको थियो । खेलको ६१औँ मिनेटमा दिनेश हेम्जोङले भरत खवासको पासको सदुपयोग गर्दै आर्मीलाई ३–० को अवस्थामा पुर्‍याए । त्यसैगरी, ७५औँ मिनेटमा टंक बस्नेतले गोल थप्दै आर्मीलाई फराकिलो अग्रता दिलाए ।

Comment with Facebook

Share This News !

Ads




shares