म्यानचेस्टर सिटीले रवाफिलो प्रदर्शन जारी, म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं, भाद्र ४ गते ।
इङ्लिस प्रिमियर लिगमा यो सिजन पनि म्यानचेस्टर सिटीले आफ्नो रवाफिलो प्रदर्शन जारी राखेको छ । घरेलु इत्तिहाद स्टेडियममा भएको प्रिमियर लिगको आफ्नो दोस्रो खेलमा सिटीले हडर्सफिल्डमाथि ६–१ को फराकिलो जित दर्ता गराएको हो । सिटीको जितमा अर्जेन्टाइन स्ट्राइकर सर्जियो एग्वेरोले ह्याट्रिक गरे ।
उनले खेलको पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल गरे । अग्वेरोले २५ औँ मिनेटमा खाता खोले भने ३५ औँ मिनेटमा दोस्रो गोल गरे । त्यसपछि खेलको ७५ औँ मिनेटमा गोल गर्दै उनले ह्याट्रिक गर्न सफल भए ।
सिटीका लागि अर्का स्ट्राइकर ग्याब्रियल जेसुसले खेलेको ३१ औँ मिनेटमा गोल गरे । त्यसैगरी डेभिड सिल्भाले ४८ औँ मिनेटमा गोल थपे । सिटीका लागि हडर्सफिल्डका कोङ्गोलोले आत्मघाती गोल उपहार दिएपछि अग्रता झन् फराकिलो भयो ।

इङ्लिस प्रिमियर लिग अन्तरगत आइतवार राति भएको अर्को खेलमा उपाधि दावेदार मानिएको म्यानचेस्टर युनाइटेड ब्राइटन एन्ड होभ अल्बिओनसँग लज्जास्पद हार भोग्न बाध्य भएको छ ।

सहज जित दर्ता गराउने लक्ष्यका साथ मैदानमा उत्रिएको युनाइटेडलाई ब्राइटनले ३–२ को नमिठो हार चखाएको हो । ब्राइटनको जितमा दुई मिनेटको अन्तरमा मुर्रे र ड्युफेले गोल गरे । मुर्रेले २५ औँ मिनेटमा अग्रता दिएपछि ड्युफेले २७ औँ मिनेटमा गोल गर्दै अग्रता २–० को बनाए ।

त्यसपछि खेलको ३४ औँ मिनेटमा युनाइटेडका लागि लुकाकुले एक गोल फर्काए । तर खेलको ४४ औँ मिनेटमा ग्रोबले पेनाल्टीबाट गोल गरेपछि ब्राइटनले अग्रतालाई ३–१ मा पुर्याउन सफल भयो ।
दोस्रो हाफमा युनाइटेडले खेलमा फर्किन गरेको कोशिसलाई ब्राइटनले निरन्तर असफल बनाइदियो । खेलमा अतिरिक्त समयको पाँचौ मिनेटमा पोग्बाले पेनाल्टीबाट गोल गरेपनि युनाइटेडलाई जित निकाल्न धेरै ढिला भइसकेको थियो ।

Comment with Facebook

Share This News !

Ads




shares