नेयमार रियल आउने चर्चा

काठमाडौं, भाद्र ३ गते ।
विश्वकपबाट कुनै न कुनै रूपमा चर्चामा आइरहेका ब्राजिलियन स्टार नेयमार पछिल्लो समय रियल आउने हल्लाका कारण चर्चामा छन् । कतिपय खेलाडी तथा अग्रजहरूले उनलाई रियलमा देख्न चाहेको बताउँदा धेरैले अस्थिरताका कारण उनी पिएसजी बस्न नसक्ने आकलन गरिरहेका छन् ।

किन सधैँ हल्ला
रोनाल्डो युभेन्ट्स गएदेखि नै रियलले नेयमारलाई क्लबमा भित्र्याउन हरसम्भव प्रयास गरिरहेको छ । स्ट्राइकर अभावमा रहेको रियलका लागि उपाधि दाबेदारीमा बलियो बनाउन र आफ्नो उत्कृष्ट छविलाई कायम गराउन पनि जित्नैपर्ने दबाब रहेको छ । त्यसो त पछिल्लो समय पिएसजीमा नेयमार र काभिनीको सम्बन्ध पनि राम्रो नभएको चर्चा चल्ने गरेको छ । रियल म्याड्रिड त्यसको पनि फाइदा उठाउने ध्याउन्नमा छ ।

युरी वर्चिचेको पनि इच्छा
एथलेटिको बिल्वाओका डिफेन्डर तथा नेयमारका पूर्वसहकर्मी युरी वर्चिचेले नेयमार स्पेनिस जाइन्ट रियल मड्रिडमा आएको हेर्न चाहेको बताए । युरी पनि यसै सिजन पिएसजीबाट स्पेनिस क्लब एथलेटिको बिल्वाओमा आएपछि उनले नेमारको क्षमता स्पेनी क्लबका लागि नै उपयुक्त भएको बताए । उनले भने, ‘म नेमार स्पेन फर्किएको हेर्न चाहन्छु । उनले रियलको सेतो, निलो र रातो जर्सी लगाएर खेलेको हेर्न उत्साहित छु । यसअघि उनी बार्सिलोनामा पनि खुसी थिए । अब रियल आउने समय भएको छ ।’

प्रतिष्ठाको डर
नेमारलाई रियल आउन प्रोफेसनल खेलाडीका रूपमा कुनै गाह्रो छैन, तर बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलेको तथा बार्सिलोना र रियल म्याड्रिड चिरप्रतिद्वन्द्वी भएकाले पनि नेयमार भरसक आफ्नै पूर्वक्लबविरुद्ध मैदानमा उत्रन चाहँदैनन् ।
त्यसो त नेयमार अघिल्लो सिजन मात्रै पाँच वर्षका लागि बार्सिलोनाबाट कीर्तिमानी २२२ मिलियन पाउन्डमा पिएसजीमा अनुबन्धित भएकाले पिएसजीमा उनको सम्झौता अझै चार वर्ष बाँकी रहेको छ ।

Comment with Facebook

Share This News !

Ads




shares