नेपालले ओमनलाई २२२ रनको लक्ष्य दियो

काठमाडौं, भाद्र १३ गते ।
सागर पुनको उत्कृष्ट प्रदर्शनसँगै एसिया कप छनोट अन्तर्गत पहिलो खेलमा नेपालले ओमान सामू २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनायो ।
नेपालका लागि सागर पुनले सर्वाधिक ८३ रन बनाए । अन्तिम ओभरमा रन आउट हुनअघि उनले ६ चौका र दुई छक्का हिर्काए । ८० रनको स्थितिमा ४ विकेट गुमाएको स्थितिमा रहेको बेला पुनले आरिफ शेखसँग ९२ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई अप्ठ्यारो स्थितिबाट उकासे ।

एक छक्का र ३ चौकासहित शेखले ३६ रन बनाएर मोहमद नादिमको बलमा क्याच आउट हुँदा नेपालको स्कोर १ सय ७२ रन रहेको थियो । यस्तै ज्ञानेन्द्र मल्लले ६० बलको सामना गर्दै ४५ रन , उनले ६० बलमा ६ चौका र एक छक्का हिर्काए र आरिफ शेखले ७४ बलमा ३६ रन बनाएका थिए। खेलको अन्त्यतिर करन केसीले विस्फोटक ब्याटिङ गर्दै नेपालको स्कोर २ सय रन पार गराए । उनले मात्र १० बलमा दुई छक्का र एक चौका हिर्काउँदै २६ रन बनाए ।

सुवास खकुरेल चार, कप्तान पारस खड्का आठ रन, दीपेन्द्र सिंह ऐरी नौ रन तथा सोमपालकामी पाँच रनमा आउट भए । प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमन, युएइ, सिंगापुर र हङकङ रहेका छन् ।

६ टोली सम्मिलित प्रतियोगिताको विजेता दुई सातापछि संयुक्त अरब एमिरेट्स (यूएई) मा हुने एसिया कपका लागि छनोट हुनेछ। प्रतियोगितामा नेपालसँगै यूएई र हङकङलाई एसिया कप छनोटको प्रमुख दाबेदारका रूपमा हेरिएको छ।

नेपाल र ओमानका बीचमा अहिले ठूलै भिन्नता जस्तो देखिएको छ। यो भिन्नता ७ महिनाको दूरीमा बनेको हो। फेब्रुअरीमा मात्र नेपाल र ओमान एकै स्तर अर्थात् विश्व क्रिकेट लिगको डिभिजन २ मा खेल्थे। नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट झरेर डिभिजन २ मा आएको थियो भने ओमान डिभिजन ३ बाट उक्लेको थियो।

Comment with Facebook

Share This News !

Ads




shares