नेपालकाे भुटानमाथि सानदार जित

काठमाडौं, असोज २३ गते ।

मलेसियामा जारी आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोटकाे नेपालले भुटानमाथि सहज जित हात पारेको छ । एक सय ५१ रनकाे लक्ष्य पछ्याउने क्रममा भुटान १६.४ अाेभरकाे खेल्दै सबै विकेट गुमाउँदै ३३ रनमा समेटिएकाे हाे।

भुटानलाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछाने, ललितनारायण राजवंशीले समान ३-३ विकेट लिए । बसन्त रेग्मीले २ तथा दिपेन्द्रसिंह ऐरी र शरद भेषावकरले एक-एक विकट लिए ।

यसअघि नेपालले निर्धारित २० अाेभर खेल्दै नेपालले चार विकेटमाे क्षतिमा एक सय ५० रन जाेडेकाे थियाे । टस हार्दै ब्याटिङकाे निम्ताे पाएकाे नेपालका लागि अाेपनर प्रदिप एेरिले नटअाउट ७५ रन , अनिल शाहले २७ रन, अारिफ शेखले १३ रन, दिपेन्द्र सिंह एेरिले १५ रन, करण केसिले नटअाउट ११ रनकाे याेगदान गरे।

Comment with Facebook

Share This News !

Ads




shares