अमेरिकी अनुसन्धानले भन्यो गाई बाट एड्सको औसधी बन्ने पक्का ।

भाद्र २६ २०७५ ।
हिन्दु धर्ममा आमाको संज्ञा दिएको गाईको बिशेसता निकै धेरै छ । गाईको गहुतले धेरैनै रोग निको पार्ने र साथै दुध र दुधबाट बन्ने घ्यु तथा अन्य कुराहरुको फाईदा छुट्टै छ । गाइको मासु बिष हुन्छ तर यसका अन्य सबै कुराहरु अमृत भन्दा कम हुँदैन ।
हालै अमेरिकाका अनुसन्धानकर्ताहरुले गाई एड्सको औषधी बनाउन उपयुक्त हुने भनिएको छ । उनिहरुका अनुसार गाई एन्टी एड्स भ्याक्सिन बनाउन धेरैनै उपयोगी हुने बताएका छन् ।

उनीहरुको अनुसन्धामा गाईले विशेष एन्टीबडीज रक्त प्रोटिन उत्पादन गर्दछ जसले एचआइभीलाई नष्ट गर्न सक्छ भनिएको छ ।

मिश्रित र ब्याक्टेरियायुक्त पाचन प्रणालीका कारण गाईमा प्रतिरक्षाको क्षमता बढी विकास हुने गर्दछ । अमेरिकाको नेशनल इन्स्टिच्युट्स अफ हेल्थले यो जानकारी अत्यन्तै उपयोगी भएको बताएको छ ।

अन्तर्राष्ट्रिय एड्स भ्याक्सिन इनिशियटिभ र द स्क्रिप्स रिसर्च इन्स्टिच्युटले गाइको प्रतिरक्षा क्षमताको जाँच सुरु गरेको छ ।

एक अनुसन्धानकर्ता डाक्टर डेविन सोकले भने, ‘यसको परिणामले हामीलाई अचम्ममा पारेको छ । यस्तो अत्यावश्यक प्रतिरक्षा प्रणाली गाइमा केही हप्तामै विकसित हुन्छ, डाक्टर सोकले भने, मानिसमा भने यस्तो प्रतिरक्षा प्रणाली विकास हुन करिब तीन देखि पाँच वर्ष लाग्छ ।

नेचर नामक जर्नलमा प्रकाशित नतिजा अनुसार गाइको एन्टीबडिजबाट ४२ दिनमा एचआइभीको असर २० प्रतिशत कम गर्न सकिनेछ । परीक्षणका अनुसार ३ सय ८१ दिनमा यो एन्टिबडिजले ९६ प्रतिशतसम्म एचआइभीको असर कम गर्न सक्ने बताइएको छ ।

Comment with Facebook

Share This News !

Ads




shares