नेविसंघमा उमेरको हदबन्दी हटाउने निर्णय

काठमाडौं, भाद्र २६ गते ।
नेपाल विद्यार्थी संघले ३२ वर्षे उमेरको हदबन्दी हटाउने निर्णय गरेको छ । नेविसंघ केन्द्रिय समितिको भदौ २३, २४ र २५ गते तीन दिन चलेको बैठकले यस्तो निर्णय गरेको हो । यस निर्णय प्रति पार्टी सभापति शेरबहादुर देउवा मौन छन् । प्रकाशरण महत सहित केही नेता उमेर हद लगाउने पक्षमा छन् भने रामचन्द्र पौडेल लगायतका धेरै नेता हटाउनुपर्ने पक्षमा छन् ।

पार्टीले संघीय संरचना अनुसार विधान मस्यौदा तयार गर्न नेविसंघलाई निर्देशन दिएको थियो । तर नेविसंघले असन्तुष्ट सबैलाई एक ठाउँमा ल्याएर महाधिवेशन गर्नका लागि ३२ वर्षे उमेर हद हटाएको दाबी गरेको छ । ‘महाधिवेश सुनिश्चित गर्नका लागि उमेर हद हटाएका हौ, अब यस बारेमा पर्टीसँग छलफल गर्छौ पार्टीको निर्देशन अनुसार अन्तिम टुंगो लाग्छ’ एक पदाधिकारीले भने । नेविसंघमा ३२ वर्ष उमेर पुगेका पदाधिकारी हटाउने पक्षमा छन्, भने ३२ वर्ष नपुगेका पदाधिकारी नहटाउने पक्षमा छन् ।
वैठकले नेविसंघको १२औं महाधिवेशन यही कात्तिक १६,१७ र १८ गते सम्पन्न गर्ने निर्णय गरेको छ ।

प्रमुख निर्णयहरु यस प्रकार छन् :
-अध्यक्ष सहित उपाध्यक्ष र महामन्त्रीहरुको ६ सदस्यीय समितिले केन्द्रिय समितिमा उठेका बिषयहरु समेटेर सबैसँग आवस्यक समन्वय गरि भाद्र २७ गतेभित्र संघको संशोधित बिधान, नियमावली २०७५ नेपाली कांग्रेस पार्टीलाई बुझाउने ।
-बिधान, नियमावली पार्टिबाट अनुमोदन भए लगत्तै क्याम्पस, जिल्लाहरुमा केन्द्रिय प्रतिनिधि खटाउने
निम्न बमोजिम अधिवेशन गरिने :
-असोज ७ देशैभरका मावी र क्याम्पस अधिवेशन ।
-असोज १२ गाउँपालिका, उपर महारनगरपालिका अधिवेशन
-असोज १५ मा प्रदेश क्षेत्र अधिवेशन
-असोज २१ मा ७७ वटै जिल्लामा जिल्ला अधिवेशन
-असोज २३ मा उपत्यकाभित्रका क्याम्पसमा अधिवेशन
-कात्तिक १० र ११ मा ७ वटै प्रदेशको अधिवेशन ।
– कात्तिक १६ गते महाधिवेशन उद्घाटन ।

Comment with Facebook

Share This News !

Ads




shares