मोदीको आगमन नेपाली उदान ठप्प ।

१४ भद्र काठमाडौँ ।

बिमेस्टेक बैठकको लागि भारतीय प्रधानमंत्री नेपाल आउँदा हवाई उडान समेत बन्द भएको छ । बिमेस्टेक बैठकको लागि विभिन्न रास्ट्रका प्रमुखहरु आउने क्रमले गर्दा बिगत तीन दिनदेखी सडक यातायात अवरुद्ध हुँदा काठमाण्डौ बासीले समस्या बेहोर्दै आएको छ । जनताले समस्या बेहोर्दा सरकारको निकै आलोचना भएको छ । सरकारको आलोचना भैरहेको बेला भारतीय प्रधानमंत्री आउँदा सडक यातायातका साथै हवाई उडान समेत दुई घन्टाको लागि स्थगित गरिएको थियो ।
हवाई उडान बन्द हुँदा अन्तरास्ट्रिय देखि क्षेत्रीय उडान समेत अबरुद्ध हुँदा समस्या भएको नागरिकहरु भन्छन ।
यसैक्रममा सरकारले देशको प्रतिष्ठाको र भी. आई. पी. सुरक्षालाई ध्यानमा राखी जनतालाई सरकारको आलोचना नगरी सहयोग गर्न अपिल गरेको छ ।

भारतीय प्रधानमंत्री नरेन्द्र मोदी आज नेपाल आई पुगेका छन । बैठकको उदघाटन आज सोल्टी होटलमा हुँदैछ ।

Comment with Facebook

Share This News !

Ads




shares