माओवाद केन्द्रले बादलको नेतृत्वमा सरकारको नेतृत्व गर्ने तयारी ।

काठमाडौं, ४ फागुन

माओवादी केन्द्रले प्रभावशाली नेता रामबहादुर थापाको नेतृत्वमा मन्त्री पठाउने तयारी गरेको जनाएको छ ।
उच्च स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीले बिहीबार नै माओवादीका मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराउने तयारी गरेका थिए ।
तर, सरकारमा कसले नेतृत्व गरेर जाने भन्ने विषयमा माओवादीभित्र विवाद भएका कारण बिहीबार माओवादीका मन्त्रीले सपथ लिन नसकेका हुन् ।
ओली नेतृत्वको सरकारमा माओवादीका तर्फबाट नेता  वर्षमान पुनले गर्न चाहेका थिए । तर, अर्का नेता थापाले सरकारको नेतृत्व गरेर मन्त्री बन्ने इच्छा जनाएपछि माओवादीभित्रकै आन्तरिक विवादले बिहीबार मन्त्री बन्ने अवसर नमिलेको हो ।
माओवादीले छिट्टै पार्टीभित्रको विवाद मिलाएर नेता थापाको नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने तयारी गरेको स्रोतको भनाइ छ । त्यसका लागि माओवादीका अध्यक्ष प्रचण्डले तयारी गरेका छन् ।
थापालाई यसअघि राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारी भएको थियो । यद्यपि, अन्तिम समयमा आएर थापाले मन्त्री बन्ने लोभ देखाएका कारण बिहीबारको सपथमा केही समस्या भएको स्रोतको दाबी छ ।

Comment with Facebook

Share This News !

Ads




shares