भारतको सर्बोच्च अदालतद्वारा समलिंगी विवाहलाई मान्यता ।

भाद्र २१ २०७५ । भारतको सर्बोच अदालतले समलिंगी बिबाहलाई मान्यता दिएको छ । उमेर पुगेका समलिंगीले एक अर्कासंग सम्बन्ध राख्न सक्ने र यो अपराध नहुने त्यहाँको कानुनले भनेको छ ।
प्रधानन्यायाधीश दीपक मिश्रा, न्यायाधीश राहिंटन नरीमन, एएम खानविल्कर, डीआई चन्द्रचूड र इन्दु मलाहोत्राको संवैधानिक इजलासमा सुनुवाई भएको थियो । प्रधानन्यायाधीश मिश्राले भने, जो जस्तो छ, त्यही रुपमा स्वीकार गर्नुपर्छ । समलैंगिक मानिसहरुलाई सम्मानका साथ बाँच्ने अधिकार छ ।
यसअघि भारतकै सर्वोच्च अदालतले २०१३ मा दिल्ली उच्च अदालतको फैसला उल्टाउँदै यसलाई अपराधको श्रेणीमा राखेको थियो । त्यसविरुद्ध २० छात्राले नाज फाउन्डेसनसँग मिलेर रिट हालेका थिए । बीबीसी हिन्दीका अनुसार मानिसहरुले पनि समलैंगिक सम्बन्धलाई लिएर अदालतको ढोका ढकढक्याएका थिए ।

Comment with Facebook

Share This News !

Ads




shares