प्रहरी हिरासतमा रहेका राममनोहर यादवको मृत्यु बारे सरकारसँग राजपाको प्रस्न |

भाद्र २९ २०७५ ।
उपप्रधान तथा स्वास्थ्य मंत्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने राममनोहर यादवको मृत्यु बारे रास्ट्रीय जनता पार्टीले सरकारसँग जवाफ मागेको छ ।
संसदको सुक्रबारको बैठक सुरु हुने बित्तिकै राजपाका सांसदहरुले उठेर बिरोध जनाएका थिए । सांसदहरुको बिरोध पछी
सभामुखले समय उपलब्ध गराएका थिए ।
सदनमा बोल्दै राजपाका नेता लक्षमणलाल कर्ण सुरक्षा दिनुपर्ने प्रहरीकै हिरासतमा हत्या भएको र यसको जिम्मेवारी सरकारले  लिनुपर्ने भनेका छन् ।
कालो झण्डा देखाउनु भनेको बिरोधको सबैभन्दा शान्तिपूर्ण तरिका भएको भन्दै सांसद कर्णले बिरोध गर्दा भाला बन्दुक देखाउनु पर्ने हो ।
प्रहरी हिरासतमा मृत्यु भएकोले निस्पक्ष छानबिन हुनुपर्ने र दोषीले सजाय पाउनुपर्ने भन्दै सांसद कर्णले छानबिन गर्न सर्वदलिय समिति बन्नु पर्ने माग राखेका छन् ।

Comment with Facebook

Share This News !

Ads




shares