त्रिभुवन विमानस्थलमा यात्रु बाहेक अन्यको प्रवेश निषेध |

भाद्र १२ काठमाडौँ ।
त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा बिमेस्टेक बैठकमा आउने पाहुनाहरुको सुरक्षालाई ध्यानमा राखी कडाई बढाएको छ । बिमानस्थलमा यात्रुबाहेक अन्य ब्यक्तीलाई प्रबेश नगर्न आग्रह गरेको छ । असक्षम व्यक्तीकोलागी एकजना मात्रै सहयोगी बिमनस्था प्रबेशको लागि आअरेको छ । विमानस्थलमा प्रवेश गर्ने यात्रुको गोल्डेन गेटमै कडा सुरक्षा जाँच गरिनेछ ।
अत्यावश्यक कारणले भित्र प्रवेश गरेका व्यक्तिले पनि १०-१५ मिनेटभित्रै विमानस्थल छोड्नुपर्ने प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिएकाछन ।
विमानस्थलभित्र प्रवेश अनुमति पास भएकाहरुको हकमा यो नियम लागू नहुने विमानस्थलले जनाएको छ ।
होटल, ट्राभल लगायतका गाडीलाई पनि ५ देखि १० मिनेटभित्र यात्रु लिएर विमानस्थलबाट गइसक्नुपर्ने नियम बनाइएको छ ।

Comment with Facebook

Share This News !

Ads




shares