एकताबाट मात्र बिकास सम्भव छ : प्रधानमंत्री

६ भदौ  काठमाडौं ।

प्रधानमंत्री केपी ओलीले बकर ईदको शुभकामना दिदै रास्ट्रीय एकता र सहकार्यबाट मात्रै विकास सम्भव रहेको बताएका छन |

बकरइदको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले एकता र सहकार्यको उच्चतम अभ्यासबाटै नेपालीले खोजेको समृद्धि हासिल हुने बताए ।

नेपाल बहुसंस्कृति, जातजाति, वेशभूषा र परम्पराको विविधताले भरिएकाे भन्दै उनले बकर इद पर्वले एकता र सहकार्यको वातावरणलाई अझ मजबुत बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

बकर–इद इस्लामका पाँच आधार स्तम्भमध्येको एक हज (तीर्थाटन) सँग जोडिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बकर इदको अघिल्लो दिन विश्वभरका इस्लाम धर्मालम्बीले हज गर्ने प्रचलनअनुसार यस पटक एक हजार १०० नेपाली मुसलमान हजमा सहभागी हुन लागेको जानकारी दिए ।

Comment with Facebook

Share This News !

Ads




shares