सम्मान मिडियाको अथिती प्रशिक्षण सत्र कार्यक्रम

सम्मान मिडिया कोटेश्वरले उद्घोषण तथा भाषणकला सिकिरहनु भएका बिद्यार्थीहरुको लागी बिभिन्न समयमा विविध क्षेत्रमा कार्यगरी गरि सफलता हासिल गरिहेका ब्यक्तिहरु लाइ अतिथी प्रशिक्षक को रुपमा निम्त्याइ सम्बन्धिती बिषय सम्बन्धी ज्ञान,अनुभब बाढ्ने अवसर प्रदान गर्दै आइरहेको छ र गत हप्ता यहि सिलसिलामा उद्घोषण क्षेत्रमा लामो समय देखी अनुभब सङ्गाल्दै आउनु भएको,नेतृत्व तथा ब्यक्तित्व बिकास,कुसल संचार सिप,कर्पोरेट प्रशिक्षक रुपमा कार्यरत साथै मिस नेपाल-२००५ को बिजेता सुगरिका केसि ले प्रशिक्षण दिनु भएको थियो।

प्रशिक्षणको क्रममा रेडियो,टेलिभिजन लगायत मन्चमा गरिने उद्घोषण को बिषयमा व्यबहारिक सिप तथा प्राबिधिक पक्षको बारेमा प्रकाश पार्नु भएको थियो । प्रशिक्षणको दौरानमा आफ्नो रेडियो क्षेत्रको सुरुवाति दिनहरुको स्मरण गराउदै हरेक चुनौतीहरु स्विकार्दै आफ्नो डर तथा कमजोरी पक्षलाइ नै हतियार बनाउदै जिवनका अघि बढ्ने अस्त्रको रुपमा प्रयोग गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो।झन्डै दुइ घण्टा चलेको प्रशिक्षण सत्र अत्यन्तै रमाइलो र सौहार्दपुर्ण तवरले चलेको थियो । त्यस्तै दोश्रो चरणको कक्षा हिडेन लाइफ फाउन्डेसनका अध्यक्ष श्री बिबेक उपाध्यय ले संचालन गर्नु भएको थियो। प्रशिक्षण को क्रममा परिबन्दका विभिन्न कारणले जेल सम्म पुगेका ब्यक्तिहरु कसरी जेल सम्म पुग्छन । आफु पनि आफु दोषी नहुदा नहुदै पनि जेल सम्म पुगेको अनुभबले जेल पुग्न अपराध नै नगरी कन पनि साथी तथा बिपरित परिस्थितिले पनि त्यहा सम्म पुर्याउछ। त्यसैले साथी तथा सङगतको भुमिका विशेष हुने बताउनु भएको थियो।आफु ब्यापारी बाट कसरी समाजसेवामा आइ पुगे भन्ने लगायत आफ्नो अनुभब हरु बाढ्नु भएको थियो।बिपरित र संघर्ष पुर्ण समयमा कसरी सकारात्मक भएर अगाडी बढ्न सकिन्छ भने बिषयमा आफ्नो जिवनका अनुभबहरु बाढ्नु भएको थियो।

Comment with Facebook

Share This News !

Ads




shares