‘आत्माकी रानी’को निधन

काठमाडौं, भाद्र १ गते ।
गायनतर्फ अठार पटक ग्रामी अवार्ड विजयी प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७६ वर्षको उमेरमा निधन भएको छ ।

सीएनएनका अनुसार पेटको क्यान्सरबाट ग्रसित यी गायिकालाई “क्वीन अफ सौल (आत्माकी रानी)” को उपनामले पनि चिनिन्छ । शास्त्रीय र जनताका गीत गायनमा दख्खल यी महान गायिकाको स्वास्थ्य स्थिति केही दिनदेखि गम्भीर अवस्थामा थियो ।

उनको निधन अमेरिकाको डेट्रोइटस्थित आफ्नै घरमा भएको थियो ।

Comment with Facebook

Share This News !

Ads




shares