धनीलाई थाहै नदिइ ४० रोपनी जग्गा पास, अधिकृतसहित तीन पक्राउ

काठमाडौं, भाद्र २६ गते ।
जग्गाधनीलाई थाहै नदिइ बुढानिलकण्ठमा रहेको ४० रोपनी जग्गा अर्कैको नाममा पास गरेको अभियोगमा नापी कार्यालय चाबहिलका एक अधिकृतसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार बिहान पक्राउ गरेको हो।

नक्कली स्रेस्ता तयार पारी ४० रोपनी जग्गा विक्री गरेको अभियोगमा चाबहिल नापी कार्यालयका मालपोत अधिकृत खगेन्द्रप्रसाद, नासु रञ्जन कुमार र नासु जमुना कुमारी पक्राउ परेका हुन्। बुढानिलकण्ठ नगरपालिकामा जग्गाधनीलाई थाहै नदिई जग्गा बेचेको आरोपमा प्रहरीले नापी कार्यालयका एक अधिकृतसहित तीन जनालाई प्रक्राउ गरेको छ । नापी कार्यालय चावहिलका अधिकृत सहित तीन जनाले नगरपालिकामा पर्ने ४० रोपनी जग्गा अर्कैको नाममा पास गरेको अभियोग प्रक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

नक्कली स्रेस्ता तयार पारी ४० रोपनी जग्गा विक्री गरेको अभियोगमा चाबहिल नापी कार्यालयका मालपोत अधिकृत खगेन्द्रप्रसाद, नासु रञ्जन कुमार र नासु जमुना कुमारीलाई आज विहान पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त लामाले जानकारी दिनुभयो । चन्दन विष्ठ कायस्थको नाममा रहेको ४० रोपनी जग्गाको स्रेस्ता रुजु गर्ने, नक्कली स्रस्ता तयार गर्ने, लिखतमा मोठ पुर्याउने र लिखत पास गर्न उनीहरूको भूमिका रहेको प्रहरीको दावी रहेको छ । यही प्रकरणमा प्रहरीले यसअघि जग्गा किन्ने र विक्रीमा संलग्न गरी पाँचजनालाई पक्राउ गरिसकेको छ। पक्राउ परेका सबैजनालाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ। यही प्रकरणमा प्रहरीले यसअघि जग्गा किन्ने र विक्रीमा संलग्न गरी पाँचजनालाई पक्राउ गरिसकेको छ। पक्राउ परेका सबैजनालाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।

Comment with Facebook

Share This News !

Ads




shares