कैलालीमा आफ्नै श्रीमानद्वारा महिलाको हत्या आशंका ।

असोज २ २०७५ कैलाली ।

निर्मला पन्त बलात्कार र हत्याको रहस्य नखुल्दै अर्को महिला अपराधीको सिकार भएकी छिन ।

कैलालीको गोदावरी नगरपालिका वडा नं. १० मालाखेतीमा २०७५-०५-२९ गते राती १२ बजेको समयमा २४ बर्षिया तुल्सी फुलारा भट्टको रहस्यमय तरिकाले झुण्डिएको अवस्थामा शव फेला परेको हो । फुलाराको झ्यालमा झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आधा शरिर सुत्ने विस्तारामा रहेको अवस्थामा शव फेला परेकाले फुलाराका माईती पक्षले हत्या भएको आरोप लगाएका छन् । शरिरमा पनि निलडाम भेटिएको छ ।

फुलाराका दाई प्रभाष भट्टले आधा शरिर सुत्ने विस्तारामा रहेको अवस्थामा आत्महत्या हुन नसक्ने भएकाले फुलाराको हत्या भएको बताए । उनले श्रीमान प्रशान्त भट्टले फुलारामाथि पटक–पटक कुटपिट गर्ने, यातना दिने गरेका बताए । केहि समय अगाडी मात्रै फुलाराका श्रीमानले अवदेखि कुटपिट नगर्ने र यातना नदिने भन्दै परिवारका सदस्य सहित समाजमा प्रतिवद्धता जनाएका थिए ।

तर फुलाराका श्रीमानले कुटपिट गर्दै दाईजोमा पाएको समान पनि जलाएका थिए । फुलारा र भट्टको डेढ बर्ष अगाडी मात्रै मागी विवाह भएको थियो । मृतकका श्रीमानले हत्या गरको भन्दै माईती पक्षले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दर्ता गराएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले जाहेरी दर्ता भएकाले अव घटनाको अनुसन्धान सुरु हुने जनाएको छ ।

Comment with Facebook

Share This News !

Ads




shares