कर्तब्य ज्यानको आरोपीलाई अदालतमा पेसनै नगरी प्रहरीले छाड्यो

काठमाडौं, असोज ९ गते गते ।
कर्तब्य ज्यान मुद्दामा पक्राउ परेका आरोपीलाई अदालतमा पेस नै नगरी सरकारी वकिलको माध्यमले छाडिएको घटना सार्वजनिक भएको छ ।

बाराको कलैया उपमहानगरपालिका ५ मा भएको उक घटनाका आरोपीलाई बारा प्रहरीले मृतकका बुवा, आमा, काका र ठुला बुवा सहित चार जनालाई पक्राउ गरेको थियो । निज अभियुक्तलाई अदालतमा पेस नै नगरी जिल्ला प्रहरी कार्यालयले छाडेको घटना सार्वजनिक भएको हो । मिडियाको दवाव तथा स्थानियवासीको जागरुकताको कारण बारा प्रहरीले कर्तव्य ज्यान मुद्दा अन्र्तगत अनुसन्धान गरेको थियो।
उजूरीको अधारमा प्रहरीले आफन्तलार्इं नियन्त्रण लिए पनि अदालतमा पेसै नगरी छाडिएपछि प्रहरीको काम कर्तव्य प्रति शंका उत्पन्न भएको स्थानीय मोहन लामिछाने बताउछन । कर्तव्य ज्यान मुद्धाका आरोपीलाई अदालतमा पेश गरिनुपर्ने प्रवधान रहे पनि केहि व्यक्तिको प्रलोभनमा परि सरकारी वकिल मार्फत नै छाडिएकोले शंका उत्पन्न भएको लामिछाने बताउछन ।

हत्या गरेको ठोस सवुत प्रमाण नभेटिएकोले सरकारी वकिल मार्फत अनुसन्धान हुने गरी तारेखमा छोडिएको प्रहरी नायव उपरीक्षक रंजित सिंह राठौरले जानकारी गराएका छन । नया कानुनमा पनि उल्लेख भए झै विना ठोस सवुत प्रमाणको कसैलाई बन्धक बनाई राख्न नमिल्ने भनि प्रनाउ राठौरले जनाए।

जव ठोस प्रमाण नै नभएको भए किन ज्यान मुद्धा दायर गर्नु प्रश्न उठेको छ। कसैको मान मार्यदामा ठेस पुग्ने गरी अनुसन्धान गरेको आफैमा शंकाको विषय बन्न पुगेको अधिकारकर्मीहरु बताउछन ।

Comment with Facebook

Share This News !

Ads




shares