सन्दीपको ४ विकेटसंगै नेपालले युएईलाई २५५ रनमा रोक्यो

काठमाडौं, भाद्र १४ गते ।
एसिया कप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपाललाई यूएइले २५५ रनको चुनौती दिएको छ । टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालले यूएईलाई २५४ रनमा रोकेको छ । नेपालका लागि उत्कृष्ट बलिङ गर्दै सन्दीप लामिछानेले ४ विकेट लिएका थिए ।

लेसियाको राजधानी क्वालालम्पुरमा भएको खेलमा युएइका चिराग सुरीले सर्वाधिक रन जोड्न सफल भए । युएईलार्इ बलियो अवस्थामा लैजान चिराग सुरीले सर्वाधिक ६५ रन बनाए । त्यसैगरी अस्फाक अहमेदले ४५ रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । १० ओभर बलिङ गर्दा २ मेडन राखेका लामिछानेले २४ रन मात्र खर्चिए । १० ओभर बलिङ गरेका उनले २ मेडन राख्दै २६ रन खर्चिएर ४ विकेट लिएका हुन् ।

लामिछानेसँगै वसन्त रेग्मीले १० ओभर बलिङ गर्दै ४९ रन खर्चेर २ विकेट लिन सफल भए । सोमपाल कामीले १० ओभर बलिङ गर्दै ५८ रन खर्चिएर २ विकेट झारे । आफ्नो पहिलो खेलमा युएईले सिंगापुरलाई पराजित गर्दा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको थियो ।

Comment with Facebook

Share This News !

Ads




shares