प्याराग्लार्इडिङ एशियाडमा नेपालले रच्यो इतिहास,

काठमाडौं, भाद्र १३ गते ।
नेपालले १८ औं एसियाली खेलकुदमा अन्तत: पदकको खडेरीलाई पुरेको छ । प्याराग्लाइडिङ मार्फत नेपालले इन्डोनेसियामा भइरहेको प्रतियोगिताको १२ औं दिनमा आएर रजत पदक जितेको हो ।

नेपाल स्वर्ण पदक जित्नबाट जापानसँग २७ अंकले पछि पर्दै रजत पदक जितेको हो । पश्चिम जाभास्थित गुनुङ मास पुन्चकमा मंगलबार दोस्रो चरणको खेल सकिएसँगै नै नेपालले कम्तिमा पदक जित्ने लगभग पक्का भइसकेको थियो।नेपालले कुल ११ हजार ३६४ अंक ल्याउन सफल भयो भने पहिलो भएको जापानले ११ हजार ३९१ अंक प्राप्त गरेको हो ।

क्रस कन्टी्र इभेन्टमा खेलिरहेका नेपाली खेलाडीमा विमल अधिकारी, विजय गौतम, सुुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा रहेका छन् ।

पदकको आश गरिएको तेक्वान्दो, कराते, बक्सिङ जस्ता खेलमा कमजोर बनेको नेपालका लागि प्याराग्लाइडिङले एसियाली खेलकुद इतिहासमै नेपालको दोस्रो रजत पदक जित्दै निराश हुनबाट जोगाएको हो । यसअघि १९९८ मा थाइल्याण्डमा भएको एसियाली खेलकुदमा तेक्वान्दोबाट सविता राजभण्डारीले रजत पदक जितेकी थिइन् ।

एसियाली खेलकुदमा नेपालको यो दोस्रो सबैभन्दा ठुलो पदक हो। सन् १९९८ को बैंकक एसियाली खेलकुदमा पनि तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेकी थिइन्।

एसियाडको इतिहास पल्टाउने हो भने पनि प्याराग्लाइडिङमा पदक आउँदा सुखद संयोग जुर्नेछ। नेपालले हालसम्म तीन खेलबाट (तेक्वान्दो, कराँते र बक्सिङ) एसियाडमा पदक ल्याएको छ। यी तीनै खेलमा नेपालले पहिलोपटक सहभागी हुँदा नै पदक ल्याएको थियो। सन् १९९४ एसियाडमा कराँते पहिलो चोटि समावेश हुँदा सिता राईले कांस्य जितेकी थिइन्। त्यसअघि सन् १९८६ मा दक्षिण कोरियाको सोलमा तेक्वान्दो र बक्सिङ पहिलोचोटी समावेश हुँदा दुवै खेलले ४–४ कांस्य हात पारेका थिए।

पाराग्लाइडिङ जारी एसियाडमा पदकको सम्भावना भएपछि आयोजकले इन्डोनेसियाले समावेश गरेको खेल हो। एक्युरेसी इभेन्टको पुरुष टिम इभेन्टमा इन्डोनेसियाले स्वर्ण जितिसकेको छ। एक्ययुरेसीकै पुरुष एकलमा पनि इन्डोनेसियाका जाफ्रो मेगावान्टोले स्वर्ण हात पारे। महिलातर्फ एक्युरेसी टिम इभेन्टमा घरेलु टोलीले रजत जित्दा एकलमा स्थानिय खेलाडी रिका विजायन्ती कांस्यमा सिमित भइन्।

क्रस कन्ट्री टिम इभेन्टमा भने इन्डोनेसियाको पुरुष टोली चौथो र महिला टोली तेस्रो स्थानमा छन्। एक्युरेसी इभेन्टमा नेपालले कुनै पदक हात पारेन। सन् २०१९ मा नेपालमा हुने भनिएको दक्षिण एसियाली खेलकुद (साग) मा पनि प्याराग्लाइडिङ समावेश गरिएको छ।

Comment with Facebook

Share This News !

Ads




shares