साईबर क्राईम अपराधमा पत्रकार पक्राउ ।

२ बैशाख काठमाडाैं । पोखराको ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीलाई प्रहरीले समातेको छ। बतास अर्गनाइजेसनका सञ्चालक सदस्य वीपेन्द्रराज बतासविरुद्ध समाचार लेखेको आरोप प्रहरीले गिरीलाई लगाएको छ। 

साइबर अपराध मुद्दामा कारबाहीका लागि उजुरी परेको र त्यसैका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो विभागको आग्रहमा गिरीलाई समातिएको कास्की प्रहरीले जनाएको छ। 

कास्कीका डीएसपी रवीन्द्रमान गुरुङले भने, ‘हामीलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट समातेर बुझाउन भने, हामीले समात्यौं। बाँकी अनुसन्धान केन्द्रले नै गर्ने उनले जानकारी दिए।

शुक्रबार गिरीले गत शुक्रवार आफ्नो अखबारको अनलाइनमा जिल्ला प्रहरी कार्यालयमा बतासविरुद्ध जाहेरी दिन पुगेका पोखरा–६ का व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई उद्धृत गर्दै समाचार लेखेका थिए। जाहेरीमा श्रेष्ठले आफ्नो १ करोड ९८ लाख र पहारीले २ करोड २५ लाख बतासले ठगी गरेको दाबी गरेका छन्। 

Comment with Facebook

Share This News !

Ads




shares