संसद भवन सिंहदरबार भित्र सर्ने ।

३ वैशाख, काठमाडौं । लामो समयदेखि अन्तरास्ट्रिय सम्मेलनमा भाडामा रहदै आएको संसद भवन छिट्टै सिंहदरबारभित्रै सर्ने भएको छ । सिंहदरबामा रहेको संसद भवन काम नलाग्ने भएपछी अहिले संसद भवन भाडामा चल्दै आएको छ ।

सहरी विकास मन्त्रालयले सिंहदरबारभित्रै अत्याधुनिक सुविधासम्पन्न संसद भवन बनाउनका लागि डिजाइनसमेत तयार पारिसकेको छ । सिंहदरबाभित्रै सुविधा सम्पन्न संसद भवन चाँडै टेण्डर प्रक्रियाबाट ठेक्का लगाइने सहरी विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसारबैशाख महिनाभित्र खरिद प्रक्रिया सम्पन्न गरिनेछ भने आगामी महिना जेठदेखि निर्माण शुरु नै गरिनेछ ।

वैशाख महिनाभित्रै टेण्डर प्रक्रिया सकेर जेठदेखि निर्माण शुरु गर्ने र २ वर्षभित्र निर्माण सम्पन्न गरिने मन्त्रालयले जनाएको छ ।

०७८ सालको असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी जेठमै निर्माण कार्य शुरु हुने पक्का भइसकेको मन्त्रालयले जनाएको छ ।

Comment with Facebook

Share This News !

Ads




shares