भारतलाई वेष्टइण्डिजले ४३ रनले पराजित

काठमाडौं, कार्तिक ११ गते ।
तेस्रो एकदिवसीय क्रिकेटमा भारतलाई वेष्टइण्डिजले ४३ रनले हराएको छ । भारतीय क्रिकेट कप्तान विराट कोहलीले शतक प्रहार गरे पनि वेष्टइन्डिजसँग भारत पराजित हुन पुग्यो । वेष्टइन्डिजको यो जितसँगै पाँच एकदिवसीय क्रिकेट सिरिज १–१ को बराबरी भएको छ । पहिलो खेलमा भारत विजयी भएको थियो भने दोस्रो खेल बराबरीमा सकिएको थियो । सोमबार अर्को चौथो खेल हुँदैछ ।

शनिबार टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइण्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८३ रनको योगफल बनाएको थियो । २८४ रनको विजय लक्ष्य पाएको घरेलु टोली भारत ४७ दशमलव ४ ओभरमा २४० रन मात्र बनाउन सक्यो। । बलिङतर्फ भारतका जसप्रित बुम्राहले चार विकेट लिए ।
भारतका लागि कप्तान विराट कोहलीले १०७ रनसंगै कोहलीको यस शृंखलामा लगातार तीन खेलमा लगातार तेस्रो शतक हो । लगातार तीन म्याचमा शतक प्रहार गर्ने उनी भारतको पहिलो र विश्वको दशौं क्रिकेटर बने । श्रीलंकाका कुमारा संगाकाराले सन् २०१५ मा लगातार चार शतक प्रहार गरेका थिए साथै यस्तो खेल प्रदर्शन गर्ने उनी एक्ला ब्याट्सम्यान हुन् ।

वेष्टइन्डिजका शाइ होपले सबैभन्दा धेरै ९५ रन योगदान गरे । यस्ले नर्सले ४०, सिमरोन हेट्मायरले ३७ र कप्तान जेसन होल्डरले ३२ रन थपे । बलिङतर्फ वेष्टइण्डिजका मार्लुन स्यामुयल्सले सबैभन्दा धेरै ३ विकेट लिए । जेसन होल्डर, ओबेड मेकोय र एस्ले नर्सले समान २–२ विकेट लिए

Comment with Facebook

Share This News !

Ads




shares