पाकिस्तानद्वारा टी–ट्वान्टी क्रिकेट सिरिज क्लिन स्विप

काठमाडौं,कार्तिक १२ गते ।
पाकिस्तानले अष्ट्रेलियाविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिज जितेको छ । पाकिस्तानले कप्तान सर्फराज अहमदको नेतृत्वमा लगातार १० वटा टीट्वेन्टी क्रिकेट शृंखला जित्दै नयाँ सफलता हात पारेको छ।

आइतबार राति सम्पन्न टी–ट्वान्टी सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो खेलमा अष्ट्रेलियालाई ३३ रनले पराजित गर्दै ३–० ले जितेको हो । यसअघि भएको दुवै खेल पास्तिानले जितेको थियो । तीन खेलको शृंखलाअन्तर्गत पहिलो खेलमा पाकिस्तान ६६ रनले विजयी बनेको थियो। आइतबार राति सम्पन्न टी–ट्वान्टी सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो खेलमा अष्ट्रेलियालाई ३३ रनले पराजित गर्दै ३–० ले जितेको हो । यसअघि भएको दुवै खेल पास्तिानले जितेको थियो ।

१५१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभर सकिन ५ बल बाँकी छँदा सबै विकेटको क्षतिमा ११७ रन मात्रै बनाउन सक्यो । अष्ट्रेलियाको लागि मेकडेर्मोट र मिचेल मार्सले समान २१–२१ रन बनाए । त्यस्तै एलेक्स क्यारीले २० र क्रिस लिनले १५ रन मात्रै बनाउँदा नाम चलेका ब्याट्सम्यानले दोहोरो अंक पनि बनाउन सकेनन् । अष्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका शादब खानले ३ र हसन अलीले २ विकेट लिए ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५० रन बनाएको थियो । पाकिस्तानका लागि बाबर अजामले ५०, सहिबजादा फरहानले ३९ र मोहम्मद अफिजले अविजित ३२ रन बनाएका थिए ।

Comment with Facebook

Share This News !

Ads




shares