नेकपा सचिवालय बैठकमा २ वटा कार्यदल रहेको कार्यदल

काठमाडौं, कार्तिक ८ गते ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो सम्पन्न बैठकले प्रदेश समितिमा एकता टुंग्याउने तथा केन्द्रीय सदस्यलाई जिम्मेवारी दिने प्रयोजनका लागि २ वटा कार्यदल बनाएको हो ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीे सचिवालय बैठकले प्रदेश कमिटीको सदस्य चयन र केन्द्रीय सदस्यहरुको कार्य विभाजन गर्न महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा कार्य दलमा छन् । निश्चित मापदण्डका आधारमा प्रस्ताव तयार पार्ने जिम्मेवारी कार्यदललाई दिइएको महासचिव पौडेलले जानकारी दिए । यस अघि नै सचिवालय बैठकले प्रदेश कमिटीको पदाधिकारी चयन गरिसकेको छ ।

नेकपाको यसअघिको सचिवालय बैठकले पार्टीका इन्चार्ज, सह-इन्चार्ज, अध्यक्ष र सचिव छानिसकेको छ । तर त्यसमा पार्टीका केही नेताले गम्भीर असहमति जनाएका छन् । प्रदेश कमिटीको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयनसम्बन्धि सचिवालयको निर्णयमा वरिष्ठ नेता माधवकुमार नेपालले लिखित असहमति जनाएपछि सचिवालय बैठकले प्रदेश कमिटीको सदस्य चयनका लागि प्रस्ताव तयार पार्न कार्य दल नै गठन गरेको हो । कार्य दलले पेश गरेको प्रस्ताव सचिवालय बैठकमा छलफल भएपछि त्यसलाई स्थायी समिति बैठकले अनुमोदन गर्नेछ।

वरिष्ठ नेता माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले यसमा फरक मत राखेका छन् । मुख्यमन्त्री भएकालाई पनि प्रदेश ईन्चार्ज बनाएको भन्दै दुवै नेताले बैठकमै नोट अफ डिसेन्ट लेखेका छन् ।
एकताको घोषणा भएको छ महिना भइसक्दा पनि केन्द्रीय कमिटी सदस्यहरुले जिम्मेवारी पाउन सकेका छैनन् । जसका कारण नेकपाका कयौँ नेता असन्तुष्ट छन् ।

Comment with Facebook

Share This News !

Ads




shares