सामाजिक सुरक्षा योजनाले स्वदेशमै रोजगार सिर्जना हुने : मंत्री विष्ट ।

३० फागुन २०७५ बुटवल । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपाली युवालाई स्वदेशमा नै श्रम गर्ने वातावरण बनाउने अभियानमा जुटेको बताएका छन् । त्यसको सुरूवात योगदानमा आधारित सामाजिक सुरक्षा योजनाबाट सुरु गरेको मन्त्री विष्टको बताएका छन।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र रूपन्देही उद्योग संघको आयोजनामा  रूपन्देहीको तिलोत्तमामा आयोजित सामाजिक सुरक्षा योजना सम्वन्धी अन्तरक्रियामा बोल्दै विष्टले उद्योगी व्यवसायीले दक्ष जनशक्ति नपाउने र युवाहरू विदेश गई रहने अवस्था न्यूनीकरण गर्न योगदानमा आधारित सुरक्षा योजना ल्याएको बताए । 

मन्त्री बिष्टले श्रमिकलाई मात्र नभई उद्योगको उत्पादकत्व बढाउन, श्रमिकको स्थायित्व गर्न र उत्पादन लागत घटाउन योजनाले सहयोग पुर्याउने दाबी गरे ।  कार्यक्रममा उद्योगीहरुले रोजगारदाताहरु सक्षम नहुँदासम्म सरकारले लागु गर्न खोजेको सामाजिक सुरक्षा योजना कार्यान्वयन हुन नसक्ने बताएका थिए । 

उनीहरुले राज्यले रुग्न बनेको उद्योगको जिम्मामा कोष जम्मा गर्ने काम छाडेर श्रमिकहरुको जिम्मेवारीबाट राज्य उम्कन खोजेको आरोप समेत लगाएका थिए । उद्योगीहरुले राज्यले स्पष्ट उद्योग नीति नबनाउँदै सामाजिक सुरक्षा योजना लागु गर्न खोज्नु गलत भएको बताए । 

Comment with Facebook

Share This News !

Ads




shares