सर्वसाधारणलाई हतियार बुझाउन अल्टिमेटम ।

३० फागुन २०७५ , काठमाडौं । सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अवैध हतियार बुझाउन सर्वसाधारणसँग आह्वान गरेको छ ।

बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सम्पूर्ण किसिमका अवैध हतियार बुझाउन आह्वान गर्ने निर्णय भएको बताए ।

उनका भरुवा बन्दुक देखि लिएर सम्पूर्ण किसिमका स्वचालित हतियार बुझाउन ३५ दिनसम्मको अल्टिमेटम दिएको छ । यो अवधिमा हतियार बुझाए अवैध हतियार राखेवापत हुने सजाय मिनाह हुनेछ ।

०६२/०६३ को माओवादी द्वन्द्वको क्रममा प्रयोग भएका हतियार विप्लव समूहले प्रयोग गरिरहेको सुरक्षा संयन्त्रको विश्लेषण छ । त्यसैले समूहलाई लक्षित गरेर यो निर्णय सार्वजनिक भएको स्रोतको भनाइ छ ।

Comment with Facebook

Share This News !

Ads




shares