बेसाहाराको लागि सरकार छ : प्रधानमंत्री ।

२८ चैत, काठमाडौं । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई पनि भोकै मर्न नदिने सरकारको रचनात्मकका साथ अगाडि बढ्ने र हरेक क्षेत्रमा परिर्वतन ल्याउने बताए ।

उनले यो देशमा जनताको सरकार भएकोले नेपालमा कोही भोका मर्दैन भनेका छन् ।उनले चीनको बाटो प्रयोग गरेर हिमाली भेगहरुमा खाद्यान्न पुर्‍याएर स्टक राखिएको र खाद्यान्न अभाव हुने ठाउँहरुमा पनि अभाव नहुने दाबी गरेकाछन् ।

बेसाहारका लागि सरकार भएकोले बाटामा कुनै नागरिक अलपत्रसँग जिङ्ग्रिङ्ग कपाल, फोहोर मैला भएर बस्दैनन् ।

नेपालमा बेसाहाराहरुको खोजी खोजी उद्दार गर्ने दाबी बताएका छन् । हिँड्दा पेटीको छेउमा कोही लडेको, बेसाहारा, रोगी, बिरामी अवस्थामा देखेमा प्रहरीलाई खबर गर्नुहोस , उनले भनेका छन् ।

प्रधानमन्त्री ओलीले हरेक बालबालिकालाई स्कुल पुर्‍याउने र ड्रप आउट हुन नदिने बताएका छन् ।

Comment with Facebook

Share This News !

Ads




shares