प्रतिवद्धता अनुसार भित्रेन लगानी ।

३ चैत २०७५ काठमाडौं । जब २०७२ बैशाखमा नेपालमा महाभूकम्प गयो नेपाललाई ठुलो घाटा लाग्यो र हजारौँ मान्छेहरु घरवार विहिन भए त्यसको एक वर्षपछि ०७३ फागुनमा सरकारले ठूलो तयारीका साथ लगानी सम्मेलन गर्‍यो । त्यसमा सोचेभन्दा बढी अर्थात १३ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिवद्धता आयो । तर दुई वर्षपछि कति लगानी आयो भनेर खोज्दा निराशा मात्रै हात लाग्यो ।

उद्योग विभागका अनुसार सम्मेलनमा घोषणा भएर भित्रिएको लगानी उठिनसकेको अवस्था छ ।

गत २० वर्षमा १ खर्ब ७० अर्ब बराबरको वैदेशिक लगानी नेपाल भित्रिएको सरकारी तथ्यांक छ । उद्योग विभागका अनुसार आर्थिक बर्ष ०४६/०४७ देखि चालु आ.व.को पहिलो ६ महिनासम्म ४ खर्ब ४० अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएकोमा १ खर्ब ७० अर्ब रुपैयाँ मात्र भित्रिएको छ ।

पहिलो लगानी सम्मेलनमा चीनबाट मात्रै ८ खर्ब ३० अर्बको प्रतिवद्धता आएको थियो । सम्मेलनमा सहभागी बंगलादेशका लगानीकर्ताले २ खर्ब ४० अर्ब रकमको लगानी लागि लेटर अफ इन्टेन्ट जारी गरेका थिए ।

त्यसैगरी जापान र बेलायतबाट १/१ खर्बको लगानी प्रतिवद्धता आएको थियो ।

लगानी प्रतिवद्धताको होडबाजीमा भारतलाई श्रीलंकाले पनि उछिनेको थियो । श्रीलंकाका लगानीकर्ताले ५० अर्ब लगानीका लागि प्रतिवद्धता जाहेर गर्दा भारतका लगानीकर्ताले ३१ अर्ब ७० करोडको बाचा गरेका गरेका थिए ।

तर प्रतिवद्धता अनुसार लागनी नभित्रेको लगानी बोर्ड र अर्थमन्त्रालयले जानकारी दिएको छ ।

Comment with Facebook

Share This News !

Ads




shares