निरन्तर बजार अनुगमन गर्न मंत्री यादवको निर्देशन ।

१ चैत काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कसैको दवावमा नरही निरन्तर बजार अनुमगन गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

 विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोजना गरेको कार्यक्रममा उहाँले चाडबाड र केही भनसुनका आधारमा मात्रै बजार अनुगमन नगरी सबै महीना निरन्तर रुपमा बजार अनुगमन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो ।

अपभोक्तालाई ठग्ने जो कोहि होस् रकम ठुलो सानो जे होस् कसैलाई नछाड्न मंत्री यादवले कार्यक्रममा भन्नुभयो ।

हामिले जनतालाई सक्दो सहयोग गर्नु पर्छ र ठग्नेलाई कानुनि दयरामा ल्याउनु पर्छ भन्नुभयो ।

 विभागका महानिर्देशक योगेन्द्र गौचनले गत कात्तिकदेखि नयाँ ऐन कार्यान्वयनका आएपछि अनुगमन अधिकृतहरुलाई बजार अनुगमन गर्न सहज भएको बताउनुभयो ।

 नयाँ ऐनअनुसार अनुगमन अधिकृतले गलत साबित गरे आवश्यकतानुसार रु पाँच हजारदेखि तीन लाखसम्म अनुगमनस्थलमा नै रकम असुल गर्न पाउने व्यवस्था छ ।

 उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले सबै स्थानीय तहमा उपभोक्ता सचेतना केन्द्र स्थापना हुनुपर्नेमा जोड दिनुभयो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आवकोे हालसम्ममा १०५ व्यवसायको अनुगमन गरी कारवाही स्वरूप रु २५ लाख असुल गरेको छ ।

सन् १९८३ देखि मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा मनाउन थालिएको हो । हरेक वर्ष मनाइँदै आएको विश्व उपभोक्ता अधिकार दिवस यस वर्ष पनि ‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार ः हामी सबैको सरोकार भन्ने’ मूल नाराका साथ मनाउने तयारी विभागले गरेको छ ।

Comment with Facebook

Share This News !

Ads




shares