कैद मिनाहा गर्ने कानुन ल्याउँदै : गृह सचिव राई ।

१ चैत २०७५ काठमाडौं । सरकारले कैदमा रहेका र ५० % कैद भुक्तान गरिसकेका कैदीहरुलाई कैद मिनाहा गर्ने गरि कानुन ल्याउने तयारी गरिरहेको छ । सरकारले कारागारको क्षमता कम भएकोले यस्तो कानुन ल्याउने तयारी गरेको छ ।

कारागारको दुरावस्थाका कारण फौजदारी संहिता परिवर्तन गर्न लागेका छौं गृहसचिव प्रेमकुमार राईले बिहीबार संसदको राज्य ब्यवस्था तथा सुशासन समितिमा भनेनेका छन ५० प्रतिशत कैद कसैले भुक्तान गर्छ भने ५० प्रतिशत छुट दिन सक्नेगरी संशोधन प्रस्ताव लगेका छौं ।

अपराध संहितामा २५ प्रतिशतसम्म छुट दिन सक्ने ब्यवस्था छ । यहि व्यवस्थाले कारागारको क्षमता भन्दा दोब्बर कैदी राख्नुपरेको उनको भनाइ छ । ‘अहिले हामीसँग १२ हजार कैदी रहन सक्ने कारागारको क्षमता छ तर, १९ हजार पुगिसकेका छन् । गृहसचिव राई भन्छन्, फौजदारी संहिताले छुट दिन नसकेको कारणले डबल मान्छे राखिराखेका छौं ।

सरकारले विशेष अवशरमा समेत कैदीहरुलाई छुट दिने गरेको छ । त्यस्तो विशेष अवसरमा ४० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई ६० प्रतिशतसम्म कैद छुट दिने व्यवस्था रहेको गृहसचिव राईले बताए ।

Comment with Facebook

Share This News !

Ads




shares