कर छुट हुने नेपालको पहिलो प्रदेश ।

५ चैत्र २०७५ जनकपुर । प्रदेश २ मा उद्योग खोल्ने र स्थापना गर्ने सहज वातावारनको लागि प्रदेश २ को मन्त्रीपरिषदको बैठकले उद्योग खोले २० वर्षसम्म सबै कर छुट दिने निर्णय गरेको छ । सोमावारा बसेको मंत्रीपरिषद बैठकले उद्योगमैत्री वातावरण बनाउन कर छुट सहित ५ योजना ल्याएको प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र कुमार झाले बताएका छन ।

मुलकभर रहेको ४ हजार ७६ उद्योग मध्ये प्रदेश २ ८ सय १२ ओटा उद्योग सहित तेस्रो स्थानमा रहेको छ । र प्रदेश ३ मा ९ सय ६५ सहित सबैभन्दा बढी उद्योग हुने पहिलो स्थानमा रहेको छ ।

Comment with Facebook

Share This News !

Ads




shares