साउदी अरेबिया बिमान आकस्मिक अवतरण ।

२९ फागुन २०७५ । साउदी विमानस्थलमा एक महिलाले आफ्नो बच्चालाई विमानस्थलको टर्मिनलमा नै भुलेपछि यात्रुवाहक विमानबीच बाटोबाटै पुनः फर्केको छ ।

जेद्दाहबाट मलेसियाको क्वालालम्पुर विमान उडिरहेको बेला ती महिलाले चालक दलका सदस्यलाई आफ्नो बच्चा छुटेको जानकारी गराएकी थिइन् ।

महिलाको आग्रहपछि पाइलट पुनः जेद्दाह विमानस्थलमा फर्कन एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई आग्रह गरेका थिए ।

गल्फ न्युजका अनुसार ती महिलाले किङ अब्दुल अजिज अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा नै आफ्नो बच्चालाई भुलेकी थिइन् ।

Comment with Facebook

Share This News !

Ads




shares