छोरीले विवाह अस्विकार गर्दा आमाले गरिन विवाह ।

२९ फागुन २०७५ काठमाडौं | भारतको उत्तर प्रदेशस्थित कानपूर जिल्लामा अधबैंसे दुलहालाई देखेपछि दुलहीले आफूमाथि धोका भएको भन्दै विवाह अस्विकार गरेकी छिन ।

रिपोर्टका अनुसार निकै सम्झाएपछि पनि जब छोरी मानिन् तब दुलहीकी आमा नै दुलहासँग आगरा गइन् ।

भारतीय मिडियाका अनुसार १७ वर्षीया दुलहीले यसै वर्ष १२ कक्षाको परीक्षा दिएकी छिन् । ती युवतीकी आमाले आगराका आफन्त संग सम्बन्ध तय गरेकी थिइन् ।

। दुलहीले विवाह अघि जुन केटाको तस्बिर देखाइएको थियो त्यो उनी नभएको र केटा दुलाहा अधबैसे भएको बताएको छ ।

तर भोलिपल्ट बिहान थप चकित पारिदिने किसिमको कुरा भयो । जब छोरीलाई विवाहका लागि मनाउन सकिनन् तब उनले सबैलाई छोडेर आफैं दुलहासँग आगरा गइन् । बेहुलीका अनुसार तीन वर्ष अघि उनको पिताको मृत्यु भएको थियो । उनका एक बहिनी र एक भाइ छन् ।

Comment with Facebook

Share This News !

Ads




shares