भू-माफियाबाट सरकारी जग्गा फिर्ता ल्याउने : नेपाल सरकार ।

२९ चैत । पछिल्लो समय भू-माफिया हरुले बलुवाटारको जग्गा व्यक्तीलाई बेचेको खबर संगै सरकारको ठुलो आलोचना भएको छ । भू माफियाहरुले सरकारको भी आई पी अरियाको जग्गा समेत नछोडेको र यसमा सत्तापक्षकै पार्टी महासचिवको समेत ८ आना जग्गा रहेको खबरले चारैतिर खैलाबैला र प्रमुख विषय रहयो ।

तर यस विषयमा महासचिव बिष्णुप्रसाद पौडेलले उनको कुनै संलग्नता नरहेको र आफुले अन्य ब्यक्तीबाट किन्दा मालपोतको कित्ता काटदेखि सम्पूर्ण रित पुर्याएर लिएको बताएका छन् । उनले आफुले गल्ति गरे सजाय पाउनु पर्ने मेडियाहरुमा बताउदै आएका छन् ।

यससंगै आज नेपाल सरकारले सरकारको सम्पूर्ण जग्गा फिर्ता ल्याउने जनाएको छ । जो-जस्तो व्यक्ती संलग्न भएपनि नछोड्ने र दोषी उपर कारवाही गर्ने नेपाल सरकारले जनाएको छ ।

Comment with Facebook

Share This News !

Ads




shares