प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाद्वारा पदभार ग्रहण |

पुष १८ २०७५ काठमाडौं |

लामो समयदेखि चर्चामा रहेका नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले पदभार ग्रहण गरेका छन् । संसदीय सुनुवाइ समितिले मङ्गलबार राणाको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेपछि बुधबार बिहान राष्ट्रपतिसँग सपथ लिएलगत्तै सर्वोच्च अदालत पुगेर उनले पदभार ग्रहण गरेका हुन् । लामो समयपछि देशको सर्वोच्च अदालत राणाको हातमा गएको भन्दैं ब्याख्या पनि हुने गरेको छ ।

राणालाई सर्वोच्च अदालतमा अवकासप्राप्त प्रधानन्यायाधीश ओमप्रकास मिश्र, न्यायाधीशरु र सर्वोच्चका कर्मचारीहरुले स्वागत गरेका थिए । पदभारग्रहण गरेपछि राणाले बुधबारको इजलास तोकेका छन् । राणाले न्यायाधीश दीपकराज जोशीलाई भने इजलास तोकेका छैनन् । यसअघि संसदीय सुनुवाई समितिबाट प्रधाननायायधीशका लागि अस्वीकृत भएका जोशीले राणालाई पदभार ग्रहण गरिसकेपछि कार्यकक्षमा पुगेर छुट्टै बधाइ तथा शुभकामना दिएका थिए ।

श्रोत : https://www.janaboli.com/post/179991

Comment with Facebook

Share This News !

Ads




shares