दादिङबाट ४६ थान भरुवा बन्दुक संकलन ।

२ वैशाख, धादिङ । सरकारले अवैध हातहतियार बुझाउन आह्वान गरेको एक महिनामा धादिङमा प्रहरीले सर्वसाधारणबाट ४६ थान हतियार संकलन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले २०७५ चैत १ गतेदेखि २०७६ वैशाख २ गतेसम्म सर्वसाधारणले नजिकको प्रहरी चौकीमा ४६ थान भरुवा बन्दुक बुझाएका हुन् । अधिकांश हतियार जिल्लाको खनियाबास गाउँपालिका १ झार्लाङबाट संकलन भएको छ ।

खनियाबासकै अकथली, विचेत, तावल, पार्खिनटोलबाट पनि हतियार संकलन भएको छ । यो गाउँपालिकाबाट  ३२ थान हतियार संकलन भएको छ । रुबीभ्याली गाउँपालिकाको विभिन्न ठाउँबाट १० नाल भरुवा बन्दुक संकलन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए । त्यस्तै गंगाजमुना गाउँपालिकाबाट ४ नाल संकलन भएको छ ।

श्रोत : अनलाईनखबर डटकम

Comment with Facebook

Share This News !

Ads




shares