चिनी रोगीलाई ५ विकल्प |

१३ पुष २०७५ काठमाडौँ । प्राचिन समय देखी अहिले हाम्रो खानामा धेरैनै परिवर्तन भएको छ । पहिला बाँच्न , स्वस्थ्यता र सारिरिका शक्तीको लागि खाना खान्थ्यो । तर अहिले अहिले मानिसहरु स्वादलाई प्राथमिकता दिएको कारणले स्वास्थ्यमा असर परेको देख्न सकिन्छ । कुनै खाना खादै गर्दा यसले गलत प्रभाव पार्छ भन्ने थाहा हुँदा हुन्दैपानी मानिसहरु अखाद्य र हानिकारक बस्तुको सेवन गरिरहेको हुन्छ ।

यस्तै खानाहरुमध्ये चिनी र प्रमुख र धेरै रोगहरुको कारण हो । चिनी परिकारलाई गुलियो र मिठो बनाउन प्रयोग गरिने यस्तो बस्तु हो , जसले संसार हुने ६० % रोगहरुको कारण हो ।

जव मानिसहरुलाई चिनी नखाने सल्लाह दिईञ्छ तव उनीहरुले गुलियो नखाने भनेर सोच्छन तर वास्तविकता त्यो होईन । चिनीको गुना गुलियो भएपनि चिनी बाहेक अन्य गुलियो भएको चिज प्रयोग गर्दा फाईदा गर्छ ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्रोफेसर डा. रोबर्ट लेस्टीकले संसारमा सबैभन्दा पहिला मधुमेह रोग , उच्च रक्त चाप , मोटोपन , मोटो लिभर , शारीरिक सम्बन्ध राख्न सक्ने क्षमतामा कमजोरी र मुटु रोगी हुनुमा चिनी प्रमुख कारण बताएका थिए ।

चिनीको बिकल्पमा यी ५ चिजलाई प्रयोग गर्न सकिछ ।

१ : मिश्री –मिश्रीलाई चिनीको रुपमा प्रयोग गर्न सकिन्छ । मिश्री पनि चिनिकै रंगको हुन्छ र यसको पनि गुण गुलियो भएकोले चिनीको ठाउँमा मिश्रीको प्रयोग गर्न सकिन्छ । तर मिश्री प्रयोग गर्दा दानावाला मिश्री प्रयोग गर्नु हुन्न । ढिक्कावाला मिश्रीको प्रयोग गर्न सकिन्छ ।
२ : नरिवल चिनी – यो चिनी नरिवलको फुल र डाठबाट रस निकालेर त्यसलाई उमालीसकेपछी जमाएर धुलोको रुपमा बनाए र प्रयोग गर्न सकिछ । यसमा क्यालोरी प्रचुर मात्रामा हुन्छ तर हाम्रो सरिराले यसलाई सजिलै पचाउन सकिन्छ । यो चिनी coconut sugar भनेर पसल तथा
डिपार्टमेन्ट स्टोरहरुमा पाईञ्छ ।
३ :खजुर चिनी (dates sugar ) – सुकेको खजुरलाई मिकस्चरमा पिसेर धुलोको रुपमा राख्न सकिन्छा र यसलाई चिनीको रुपमा प्रयोग गर्न सकिन्छ तर यसलाई चिया र कफीमा प्रयोग गर्न सकिदैन ।
४ : सखर – उखुको पहिलो प्रोसेसीङ्गबाट तयार हुनेभएकोले सखरमा चिनी भन्दा राम्रो र उपयोगी हुन्छ । कफ , नसा ,र पाचन प्रक्रिया राम्रो नभएको ब्यक्तीको लागी यो निकैनै उपयोगी हुन्छ ।
५ : शुद्ध मह – मह शरीरको जुनसुकै एलर्जीलाई निको पर्न सक्ने गुणको साथमा हुन्छ । शारीरिक तौल ठिक गर्न मह उपयोगी हुन्छ ।

Comment with Facebook

Share This News !

Ads




shares