गणेश तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्ष बनाउने एमाले निर्णय

२८ फागुन, काठमाडौं । नेकपा एमालेले गणेश तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले शीर्ष नेताहरुको सोमबार बसेको बैठकले तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । तिमल्सिना पोलिटब्यूरो सदस्य एवं प्रदेश ४ का सहसंयोजक हुन् ।

अध्यक्षका अर्का दावेदार परशुमेघी गुरुङलाई राष्ट्रियसभा दलको नेता बनाउने निर्णय भएको कार्यालय सचिव एवं सांसद कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

Comment with Facebook

Share This News !

Ads




shares