संकटा बाहिरियो, वीरगन्ज सेमिफाइनलमा

सिमरा,फागुन २ गते
कप्तान अमर डंगोलको उत्कृष्ट एक मात्र निर्णायक गोलको मद्धतले वीरगन्ज युनाइटेड क्लब रुस्लान नवौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सिमरा रंगशालामा मंगलवार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा साविक विजेता संकटा क्लब बीरगन्जसँग स्तब्ध बन्यो । प्रतिस्पर्धात्मक खेलको १६औं मिनेटमा बीरगन्जका अमर डंगोलले गरेको गोलनै निर्णायक बन्न पुगेको थियो ।
वीरगन्जको जितसँगै प्रतियोगितामा सेमिफाइलनको समिकरण पुरा भएको छ । यसअघि रुस्लान थ्रीस्टार क्लब, त्रिभुवन आर्मी क्लब र मोरङ फूटवल क्लब अन्तिम चारमा प्रवेश गरिसकेका छन् । वीरगन्जले फाइलन प्रवेशका लागि त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्दा थ्रीस्टारले मोरङसँग भिडन्त गर्नेछ ।
देशका विभिन्न प्रतियोगितामा सहभागी हँुदा राम्रो प्रदर्शन गर्दै आएको डिफेण्डिङ च्याम्पियन संकटाका खेलाडीले सिमरा रंगशालामा लय गुमाउँदा पहिलो खेलबाटै घर फर्कन बाध्य भयो ।

सुरुवातदेखि आक्रामक देखिएको वीरगन्जलाई रोक्न संकटाले पहिलो हाफमा निकै संघर्ष गर्नुप¥यो । वीरगन्जले खेलको पहिलो मिनेटदेखि अवसरको सिर्जना गरेको थियो ।
खेलको सुरुवातमै वीरगन्जका निशान लिम्बूको क्रसलाई विशाल राईले सदुपयोग गर्न सकेनन् । झण्डै पाँच हजार घरेलु दर्शकको समर्थन पाएको वीरगन्जले उच्च मनोबलका साथ प्रदर्शन गर्दा संकटाका खेलाडी तालमेलको खोजीमा देखिन्थे । उत्कृष्ट प्रदर्शन देखाएको वीरगन्जका अमर डंगोलले १६औं मिनेटमा संकटाका गोलरक्षक बिनय श्रेष्ठको कमजोरीको फाइदा उठाउँदै आकर्षक गोल गरे ।

विशाल राईले प्रहार गरेको बल बिनयले नियन्त्रणमा लिन नसक्दा रिबाउण्ड भएको बलमा अमरले भलि गर्दै बललाई जाली चुमाएका थिए । त्यसलगत्तै घाइते भएर अमरले मैदान छाड्नुपरेको थियो । अमरको स्थानमा वीरगन्जका गोलरक्षक दिलिप क्षेत्रीले कप्तानी सम्हालेका थिए ।

Comment with Facebook

Share This News !

Ads




shares