रोनाल्डोको चाहना म्यानचेस्टर युनाइटेडमै फर्किने

म्याड्रिड, २ माघ 

पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्नो क्लब रियल म्याड्रिडसँग इङ्लिस क्लब म्यानचेस्टर यूनाइटेड फर्किने इच्छा जाहेर गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रोनाल्डो यसै वर्षको समर ट्रान्सफर विन्डोका क्रममा आफ्‍नो पुराने क्लबमा फर्किन चाहन्छन् ।

पाँच पटक बालोन डी ओरको उपाधि चुमिसकेका रोनाल्डो वर्तमान क्लब म्याड्रिडसँग नयाँ सम्झौताका क्रममा गरिएका बाचाहरु क्लबबाट पुरा नगरिएको असन्तुष्ट छन् । यस कारण उनी यसै सिजनको अन्त्यसम्ममा क्लबबाट बाहिरिने बिचार गरिरहेका छन् ।

रियलका ३२ वर्षीय खेलाडीको नाम फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनसँग पनि जोडिने गरिएको छ रोनाल्डोले सन् २००९ मा रियालमा आवद्ध हुनुअघिका ६ वर्ष म्यानचेस्टर युनाइटेडमै बिताएका थिए ।

गत सिजन रियल मड्रिडलाई ला लिगा र च्याम्पिन्स लिगको उपाधि पनि जिताएका रोनाल्डोले यो सिजन गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन् ।

च्याम्पियन्स लिगमा केही गोल गरे पनि उनी ला लिगामा भने यो सिजन फ्लप सावित भएका छन् । एकातिर रोनाल्डो चल्न सकेका छैनन् भने अर्कातिर रियल पनि ला लिगामा लिडर बार्सिलोना भन्दा १६ अंकले पछि परेको छ ।

Comment with Facebook

Share This News !

Ads




shares