सिमरा गोल्डकपको उपाधि आर्मी जित्यो

सिमरा,५ फागुन ।
त्रिभूवन आर्मी क्लबले दोश्रो पटक सिमरा गोल्डकपको उपाधि उचालेको छ । शनिबार भएको प्रतियोगितामा थ्रीस्टारलाई २-० गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि उचालेको हो । आर्मीले यसअघि २०७१ मा छैंठौं संस्करणको उपाधि जितेको थियो ।

आर्मीलाई उपाधि दिलाउने क्रममा दिनेश हेम्जन र नवयुग श्रेष्ठले एक/एक गोल गरे । सिमरा रङ्गशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर, ५८ औं मिनटमा दिनेश हेम्जनले आर्मीलाई अग्रता दिलाए । खेलको ७४ औं मिनटमा आर्मीका नवयुग श्रेष्ठले दोश्रो गोल गर्दा थ्रीस्टारविरुद्ध आर्मीले शानदार जित दर्ता गरायो ।
खेलको म्यान अफ दि म्याच आर्मीका सन्तोष तामाङ घोषित भए ।

विधागत पुरस्कार
सर्वोत्कृष्ट खेलाडी – दिनेश हेम्जन, त्रिभूवन आर्मी क्लब
सर्वाधिक गोलकर्ता – दिनेश हेम्जन, त्रिभूवन आर्मी -३ गोल )
सर्वोत्कृष्ट गोलरक्षक – विकेश कुथु, त्रिभूवन आर्मी
सर्वोत्कृष्ट डिफेन्डर – विमल पाण्डे, त्रिभूवन आर्मी
सर्वोत्कृष्ट फरवार्ड – जर्जपि्रन्स कार्की, त्रिभूवन आर्मी
सर्वोत्कृष्ट मिडफिल्ड – निराजन खड्का, थि्रस्टार
फेयर प्ले टिम – आयोजक क्लब ‘निलो’

Comment with Facebook

Share This News !

Ads




shares