साफ फुटबलको १३औं संस्करण आगामी वर्षको सेप्टेम्बरमा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो लगाएको छ। साफको १३औं संस्करण बंगलादेशको ढाकामा आगामी वर्षको सेप्टेम्बर ४ देखि १५ तारिखसम्म हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

अल इन्डिया फुटबल फेडरेशनले प्रतियोगिताको मिति सार्न आग्रह गरेपछि दक्षिण एसियाली फुटबल महासंघले प्रतियोगिता अर्को वर्ष गर्ने निर्णय गरेको हो।

भारत प्रतियोगिताको साविक विजेता हो। प्रतियोगितामा दक्षिण एसियाली महादेशका अफगानिस्तानबाहेकका ७ टिमले सहभागिता जनाउनेछन्। अफगानिस्ताले यस क्षेत्रबाट सदस्यता सार्दै मध्य एसियामा प्रवेश गरिसकेको छ।

Comment with Facebook

Share This News !

Ads




shares