इटहरी गोल्डकप थ्रीस्टारले जित्यो

इटहरी माघ १३ गते।
चिरप्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दीलाई हराउँदै थ्रीस्टार क्लबले मदन भण्डारी मेमोरियल इटहरी गोल्डकपको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा थ्रीस्टारले मनाङमाथि १-० गोल अन्तरको जित निकालेको हो । इटहरीमा भएको खेलमा थ्रीस्टारले ३७ औं मिनेटमा बुद्ध चेम्जोङको गोलबाट अग्रता लिएको थियो । उनले बिमल घर्ती मगरको पासमा गोल गरेका थिए । तर, मनाङ खेलमा र्फकन सकेन र बुद्धको गोल नै निर्णायक बन्यो ।

जितसँगै थ्रीस्टारले उपाधिसँगै १२ लाख रुपैयाँ हात पारेको छ ।

@dharan,@rabikhanal @santosth thapa

Comment with Facebook

Share This News !

Ads




shares