विराटनगर किंग्सको पहिलो जित

धनगढी, चैत्र २१ गते।

रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)-२  क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा विराटनगर किंग्सले पहिलो जित हात पारेको छ । प्रदेश ७ को संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा भएको खेलमा रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले हराउँदै पहिलो जित निकालेको हो ।

धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस हारेर पहिला व्याटिङ गरेको विराटनगर किङ्सलले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८१ रन बनायो। विराटनगरका लागि विदेशी खेलाडी बाबर हायातले अर्धसतकीय पारी खेल्दै टीमका लागि ५८ रन जोडे।

१८२ रनको विजय लक्ष्य पछ्याएर व्याटिङको लागि आएको रुपन्देही च्यालेन्जर्स २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रन मात्रै बनाउन सक्यो। रुपन्देहीका प्रदीप ऐरीले ५० बलमा ५४ रन बनाए भने दीपक प्रसादले १७ बल खेल्दै २२ रन बनाए। सुशन भारीले २१ रन तथा कप्तान शक्ति गौचनले १४ रन बनाए।

रुपन्देहीलाई सस्तैमा समेट्ने क्रममा विराटनगर किंग्सका सुभम कामतले ४ ओभर बलिङ गर्दै १८ रन खर्चिए भने ३ विकेट लिए। रामनरेश गिरीले २ विकेट लिए भने कप्तान पारस खड्काले १ विकेट लिए।

विराटनगरका लागि बाबर हयातले अर्धसतक बनाउने क्रममा सर्वाधिक ५४ रन बनाए। उनी टिमको स्कोर २ विकेटको क्षतिमा १४२ रन हुँदा ४ चौका र ४ छक्का प्रहार गरि क्याच आउट भए।  त्यस्तै दिलिप नाथ टिमको स्कोर १२४ हुँदा व्यक्तिगत ४३ रन जोडदै क्याच आउट भए। उनले ३७ बलमा ६ चौंका र १ छक्काको मद्दतमा ४३ रन प्रहार गरे।

पहिलो विकेटका रुपमा अनिल शाह २५ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ३६ रनमा क्याच आउट भए। कप्तान पारस खड्का पनि अन्तिम बलमा क्याच आउट हुनुपूर्व १२ बलमा २२ रन र सौरव खनालले ११ बलमा नटआउट १७ रनको योगदान दिए।

रुपन्देहीका लागि सुफ्यान मेहमुदले २ तथा सागर पुन र जितेन्द्र मुखियाले एक–एक विकेट लिए। विराटनगर किङ्सको कप्तानमा पारस खड्का र रुपन्देही च्यालेन्जर्सकोे कप्तान शक्ति गौचन हुन्।

पहिलो खेलमा महेन्द्रनगरसँग ३३ रनले पराजित भएको विराटनगरको प्रतियोगितामा यो दोस्रो खेल हो। यता रुपन्देहीले भने यसअघि खेलेका दुवै खेलमा हार व्यहोरेको थियो। आजको खेलमा पनि रुपन्देही पराजित भएमा उसको प्लेअफमा पुग्ने सम्भावना न्यून हुनेछ।

रुपन्देही पहिलो खेलमा अत्तरीयासँग ९ विकेट र दोस्रो खेलमा काठमाडौं गोल्डेन्ससँग ६३ रनले पराजित भएको थियो। आजै हुने दोस्रो खेलमा दिउँसो १ः१५ मा सीवाइसी अत्तरिया र काठमाडौं गोल्डेन्स आमनेसामने हुँदैछन्।

Comment with Facebook

Share This News !

Ads




shares