महेन्द्रनगर युनाइटेड पराजित गदै टिम चौराह धनगढी

धनगढी ,चैत्र २० गते।

रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)-२  क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई ८ विकेटले हराउँदै टिम चौराह धनगढीले दोस्रो जित निकालेको छ ।

प्रदेश ७ को संघीय प्रहरी इलका प्रहरी कार्यालयको खेल मैदानमा टस हारेर व्याटिङ गरेको महेन्द्रनगर युनाइटेडलाई १३१/८ मा रोकेपछि धनगढीले १८ ओभरमै लक्ष्य पुरा गरेको थियो।

महेन्द्रनगर युनाइटेड दिएको १ सय ३२ रनको विजयी लक्ष्य धनगढीले १८ ओभरमा २ विकेट गुमाउदै पूरा गर्यो। उसका लागि सुनिल धमलाले ४६ बलमा ३ चौका र २ छक्काको सहायतामा नटआउट ४५ रनको योगदान दिए। त्यस्तै रोहन मुस्तफाले ३९ र  अस्फाक अहमदले ३० रनको योगदान दिदा सोनु तामाङले पनि नटआउट १५ रन बनाए। महेन्द्रनगरका अभिनास कर्ण र पुनित मेहराले एक–एक विकेट लिए।

यसअघि धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस हारेर पहिला व्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो।

महेन्द्रनगरका लागि पुनित मेहराले सर्वाधिक ४० रन बनाएका थिए। उनले ४० बलमा ४ चौंका र २ छक्काको मद्दतमा ४० रन प्रहार गरे। त्यस्तै भुवन कार्कीले ३२, पुनित बिष्टले २४ र बिनोद भण्डारीले १० रन बनाएपनि अन्यको प्रदर्शन सम्झनलायक रहेन।  महेन्द्रनगरलाई १३१ रनमा समेटन धनगढीका लागि ललित भण्डारीले ४, तथा सोमपाल कामी र सम्शेद शेखले एक–एक विकेट लिए।

महेन्द्रनगर युनाइटेडलाई सस्तैमा समेट्ने क्रममा ४ विकेट लिएका ललितसिंह भण्डारी म्यान अफ दि म्याचमा चुनिए । महेन्द्रनगर युनाइटेडको कप्तानमा बिनोद भण्डारी र टिम चौराह धनगढीका कप्तान सोमपाल कामी हुन्। महेन्द्रनगर युनाइटेडले पहिलो खेलमा भने विराटनगर किङ्सलाई हराएको थियो।

 

 

Comment with Facebook

Share This News !

Ads




shares