भैरहवालाई ८ विकेटले हराउँदै विराटनगर वारियर्स फाइलनमा

काठमाडौं पुस १३ गते

एभरेष्ट प्रिमियर लिग(ईपीएल) क्रिकेटको बुधबारको पहिलो क्वालिफायर खेलमा पारस खड्काको कप्तानीमा रहेको टोली विराटनगर वारियर्स विवयी भएको छ । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा ग्लाडिएटर्सलाई ८ विकेटले पराजित गर्दै विराटनरग ईपीएलको फाइनलमा स्थान बनाउँन सफल भयो।

विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि व्याटिङमा उत्रिएको भैरहवाले २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनायो । भैरहवाकोतर्फ पुनित मिश्रले ४९ र आरिफ शेखले ४६ र बनाएपनि अन्य व्याट्स म्यानले दोहोरो अंकको स्कोरसमेत बनाउन सकेनन्।

१२८ रनको मध्यम लक्ष्य पाएको विराटनगर वारियर्सले ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गरी सहज जित निकाल्यो । विराटनगरका लागि बाबर हयातले ६२ र पारस खड्काले ४२ र अन्सुमान राथले २६ रन बनाए ।

जितसँगै विराटनगर सिधै फाइनलमा पुगेको छ भने भैरहवाले भने पोखरा राइनोज र लतिपुर प्याट्रियट्स को इलिमिनेटरको खेलको विजेतासँग दास्रो क्यालिफायर खेन्नेछ ।

Comment with Facebook

Share This News !

Ads




shares