नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख

काठमाडौँ, फागुन ७ गते।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिकेट खेलाडीलाई सम्मान गर्दै उक्त घोषणा गरेका हुन। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार खेल क्षेत्रको विकासको सकारात्मक रहेको बताए।

प्रधानमन्त्रीले घोषणा गरेको उक्त रकम आउँदो शुक्रबार हस्तान्तरण गरिने छ। शनिबार नेपाली खेलाडी वर्ल्डकप क्वालिफायर खेलका लागि जिम्बावे प्रस्थान गर्दैछन्। उनीहरुलाई बिदाइसँगै रकम हस्तान्तरण गरिने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

क्यानाडा विरुद्ध नेपालको रोमाञ्चक जित
त्यसैगरी मदन भण्डारी स्पोर्ट्स एकेडेमीले पनि टोलीका सदस्यलाई जनही एक लाख रुपियाँ थपिदिने घोषणा गरेको शिवाकोटीले बताए।

यात्रा
शुक्रवार नेपाली टोली विश्वकप छनोट खेल्न जिम्बाब्वे जान लागेको हुनाले सोही दिन प्रधानमन्त्री ओलीले टोलीलाई विदाई गर्ने र पुरस्कार वितरण गर्ने बताइएको छ।
जिम्बाब्वेमा हुने छनोट प्रतियोगितामा समुह बी मा नेपाल सहित अफगानिस्तान, स्कटल्याण्ड, जिम्बाब्वे र हङकङ रहेका छन्।
गतहप्ता नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता बन्दै राष्ट्रिय क्रिकेट टोली अर्को महिना हुने एकदिवसिय विश्वकपको छनोट प्रतियोगिता खेल्न योग्य भएको थियो।
सो प्रतियोगितामा नेपालले समुह चरणमा नामिबिया, युएई, केन्या र क्यानाडालाई पराजित गर्दै समूह विजेताको रुपमा उत्कृष्ट २ मा प्रवेश गरेको थियो। फाइनलमा भने नेपाली टोली युएईसंग पराजित भएको थियो।

सोही कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले पनि खेलाडी र प्रशिक्षकलाई एक–एक लाख दिने घोषणा गरेका छन्।

Comment with Facebook

Share This News !

Ads




shares