नेपाललाई वन डे अन्तर्राष्ट्रिय क्रिकेट मान्यता

काठमाडौँ —  विश्वकप छनोटको प्लेअफ अन्तर्गत बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले वान-डे अन्तर्राष्ट्रियको मान्यता प्राप्त गरेको छ ।
अर्को प्लेअफमा नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेसँगै नेपालले वान(डे अन्तर्राष्ट्रिय मान्यता पाउने पक्का भएको हो ।
नेपालले अब विश्वकप छनोटको सातौं स्थानको खेलमा शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।

Comment with Facebook

Share This News !

Ads




shares