चौराह धनगढी विजयी डीपीएलमा

धनगढी, चैत्र १९ गते।

कप्तान सोमपाल कामीको उत्कृष्ट प्रर्दशनले धनगढीमा जारी डीपीएल प्रतियोगिताको सोमबारको पहिलो खेलमा टीम चौराह धनगढी विजयी भएको छ । १५१ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको टीम चौराह धनगढीले निर्धारित ओभर सकिन ४ बल बाँकी रहँदै लक्ष्य पुरा ग¥र्यो ।

७ विकेट खेलेको टीम चौराह धनगढीले शुरुवातमा गतिलो प्रदर्शन गर्न नसके पनि खेलको अन्त्यतिर मैदान छिरेका कप्तान सोमपाल कामीको उत्कृष्ट प्रदर्शन जित हात पार्न सफल भयो ।

उनले ३ छक्का र ३ चौका प्रहार गर्दै १५ वलको मद्वतमा ३९ रन जोडे । खेलको अन्त्यतिर उत्कृष्ट प्रदर्शन गरेका उनी खेलको म्यान अफ द म्याच भए । धनगढी चौराहलाई जित दिलाउन विदेशी खेलाडी रोहन मुस्तफाले ४० रन जोडे ।

उनले १ छक्का र ३ चौका प्रहार गर्दै ४२ बलको मद्वतमा ४० रन बनाए । राजेश पुलामी मगरले १ छक्का र २ चौका प्रहार गर्दै १९ वल खेलेर २१ रन जोडे । अशफाक अहमदले १० र राज रिजालले १० रनको योगदान दिए ।

निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै अत्तरियाले १५० रन बनायो। अत्तरियाको तर्फबाट सर्वाधिक प्रेम तामाङले २८ रन बनाए। यस्तै कुशल भुर्तेलले २५ , दीपेन्द्रसिंह ऐरी र विपिन चन्द्राले १९/१९ रन जोडे। यस्तै टिम चौराहको तर्फबाट ललितसिंह भण्डारीले ३, रोहन मुस्तफा २ र सोमपाल कामी र सम्साद शेखले १/१ विकेट लिए।

टीम चौराह धनगढीका खेलाडीलाई रोक्ने क्रममा सीवाईसी अत्तरियाका दिपेन्द्र सिंह ऐरी र शुभङ्कर उराउले २/२ विकेट लिए । यस्तै भिपिन चन्द्रा र विनोद लामाले १/१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ्गको निम्तो पाएको सीवाईसी अत्तरियाले निर्धारित २० ओभरको खेलमा ८ विकेट खर्चेर एकसय ५० रन बनाएको थियो । सीवाईसी अत्तरियाका लागि प्रेम तामाङ्गले २८ र भिपिन चन्द्राले २८ रन जोडे । प्रेमले २ छक्का प्रहार गर्दै २९ वलको मद्वतमा २८ रन जोडेका हुन् ।

भिपिन चन्द्राले १ छक्का र १ चौकाको मद्दतले २० वलमा २८ रन जोडे । यस्तै कुशल भुर्तेलले १ छक्का, ३ चौका प्रहार गर्दै १८ वलको मद्वतमा २५ रन बनाए । टीम कप्तान सुवास खकुरेलले ३ चौका प्रहार गर्दै ११ वलको मद्वतले १३ रन मात्रै जोड्न सके ।

सीवाईसी अत्तरियाका लागि कृष्ण कार्कीले १४ रन जोडे भने गौरव चित्रकारले १३ रन जोडे । सीवाईसी अत्तरियाका खेलाडीहरुलाई रोक्ने क्रममा टीम चौराह धनगढीका ललित भण्डारीले ३, रोहन मुस्तफाले २, कप्तान सोमपाल कामीले १ र सम्सद शेखले १ विकेट लिए ।

काठमाडौँ गोल्डेन्स रुपन्देही रोयल च्यालेन्जर्स भिड्दै

दोस्रो खेलमा अहिले काठमाडाँै गोल्डेन्स र रुपन्देही च्यालेन्जर्स भिडिरहेका छन् । काठमाण्डौ गोल्डेन्सले टस जितेर अहिले ब्याटिङ्ग गरिरहेको छ ।

 

Comment with Facebook

Share This News !

Ads




shares